बूढीगण्डकीमा भोटेकोशीको झल्को दिने बाढी


गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ। बाढीले नदी आसपासका बस्तीमा व्यापक क्षति पुर्‍याएको छ भने दर्जनौँ घर बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आइतबार बिहान बूढीगण्डकीमा आएको बाढीले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको झल्को दिएको बताएकी छन्।

उनले भनिन्, “बूढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ। दर्जनौँ घरहरू बगाएका छन्। क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन।”

बाढीमा लेदो र गेग्रानसमेत बगेर आएकाले नदी आसपासका बस्तीमा थप क्षति पुगेको प्रारम्भिक विवरण छ। यद्यपि, बाढीबाट भएको भौतिक क्षतिको पूर्ण विवरण संकलन हुन बाँकी छ।