महामन्त्रीमा राणाले पुनलाई पछि पारे


काठमाडौँ । नेपाली कांग्रेसको खुला महामन्त्री पदको मतगणनामा उदय शमशेर राणाले अमरसिंह पुनलाई पछि पारेका छन् । पछिल्लो मतपरिणामअनुसार राणाले ८२३ मत प्राप्त गर्दा पुनले ७०७ मत पाएका छन् । मतगणनाका क्रममा राणाले पहिलो पटक पुनलाई उछिनेका हुन् ।

खुलातर्फका दुई महामन्त्री पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेल भने फराकिलो मतान्तरसहित अग्रस्थानमा छन् । उनले हालसम्म १ हजार ४३८ मत प्राप्त गरेका छन् ।

खुलातर्फका दुई पदका लागि आठ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतपरिणामअनुसार डा. सुनिल शर्मा ५५६ मतसहित चौथो स्थानमा रहेका छन् ।