कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (खुला महिला)को मतगणना सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा मतगणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

मतगणनालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ भने उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा कार्य अघि बढाइएको छ।

यसअघि हिजोबाटै खुला उपसभापति, समावेशी उपसभापति तथा खुला महामन्त्री र महिला महामन्त्रीको मत गणना भइरहेको छ । महिला खुला १५ केन्द्रीय सदस्यका लागि ३६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

एक सहमहामन्त्री महिलाका लागि २ उम्मेदवार प्रतिस्पर्धामा छन् ।