काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको महिला सहमहामन्त्री पदमा प्रतिमा गौतमले भारी मतको अग्रता बनाएकी छन् ।
१९९० मत गन्दा गौतमले १ हजार ४६२ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी नानु बास्तोलाले ४२० मत ल्याएकी छन् ।
एक पदका लागि २ जनाबिच प्रतिस्पर्धा छ । निर्वाचनमा ७ हजार १३ मत खसेको छ ।




प्रतिक्रिया