खुला केन्द्रीय सदस्यहरूको मतगणना भोली हुने


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यहरूको मतगणना भोली(मंगलबार)देखि सुरु गरिने भएको छ ।

समितिका सदस्य सचिव राजु कटुवालका अनुसार मंगलबार बिहान ८ बजेबाट खुला केन्द्रीय सदस्यहरूको मतगणना सुरु हुने छ ।

निर्वाचन समितिले मतगणनामा केन्द्रीय सदस्यका उम्मेदवारबाहेक प्रतिनिधिको व्यवस्था नभएको पनि जनाएको छ ।