नेकपा संयुक्तका नेता पौडेलको निधन


काठमाडौं । नेकपा संयुक्तका नेता डा‍ विजय पौडेलको निधन भएको छ ।

पूर्वसांसद समेत रहेका उनको केहीबेर अघि कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको थियो ।

उनी एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए ।