३ हजारको सामान किनेकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ


१ कात्तिक, काठमाडौं । नुवाकोटकी सन्तमाया तामाङले आन्तरिक राजस्व विभागको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन् ।

दसैँका अवसरमा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामग्री खरिद गरी बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट बम्पर उपहारका लागि छनोट भएको हो ।

काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए । विजेता घोषणा भएलगत्तै उनीहरूले तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए ।

आन्तरिक राजस्व विभागका अनुसार कार्यक्रममा बम्पर उपहारबाहेक १६ जना दैनिक विजेता पनि छनोट भएका छन् । असोज १६ देखि ३१ गतेसम्मका प्रत्येक दिनका एक–एक जना विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यी हुन् १ लाख जित्नेहरु 

बिल नम्बर ०८८७९०१३२१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०,  ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०७९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९, ०८३६८९६७६१५३ ले समान १ लाख पुरस्कार जितेको आन्तरिक राजस्व विभागले जनाएको छ। 

यो साताको पुरस्कार घोषणामार्फत १६ जनाले दैनिक एक लाख रुपैयाँ हातमा नगद नै पर्ने गरी (१ लाख ३४ हजार ३३४ करकट्टी बाहेकको) र बम्परमा एक जनाले ७ लाख ५० हजार हातमा नै पर्ने गरी (करकट्टीबाहेक १० लाख) गरी कुल १७ जना विजेता छनोट गरिएको हो।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो।

Skip This