घर फर्कने यात्रुहरूको चाप: उपत्यकाबाट करिब ५ लाख यात्रु बाहिरिए


काठमाडौँ। नेपालीको महान् पर्व बडादसैँ अन्तर्गत महाअष्टमीको दिन आइतबार पनि घर फर्कने यात्रुहरूको चाप निकै देखिएको छ। 

नयाँबसपार्कसहित माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप देखिएको हो ।

घटस्थापनादेखि हालसम्म ४ लाख ९६ हजार यात्रु उपत्यकाबाट बाहिरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।

बिहान उपत्यकाबाट बाहिरिने गाडीको चाप बढी देखिए पनि दिउँसो भने क्रमश: कम हुँदै गएको बताउनुभयो । दसैँमा उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ ।

Skip This