रामेछाप । रामेछापको मन्थली नगरपालिका–१० चनखुमा आजदेखि पाँचौँ वडाकप भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ।
चनखु वडा कार्यालयको आयोजनामा हुने साविक वडास्तरीय भलिबल प्रतियोगितामा १० टिम दर्ता भएको कार्यक्रम संयोजक कुलमान तामाङले जानकारी दिए ।
चनखुमा बडादसैँ तथा शुभ दीपावलीको अवसरमा प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिताको पहिलो खेल बिहान ७ बजे साविक वडा नम्बर ३ (ह्याङ्ला) र साविक वडा नम्बर ९ बीच हुनेछ।
प्रतियोगिता चनखुस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्ने, युवाबीच आपसी सद्भाव र एकता बढाउने तथा खेलाडीको प्रतिभा पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितालाई लाङ्घाली सेवा समाज र ह्याङ्ला ह्युल सामुदायिक संस्थाले सहयोग गरेका छन्। आयोजकले प्रतियोगितामा उपस्थित भई खेलाडीको हौसला बढाउन खेलप्रेमी तथा स्थानीयवासीलाई आग्रह गरेको छ।




प्रतिक्रिया