काठमाडौं । राजनीतिक विश्लेषक रञ्जन खनालले सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन्।
उनले सरकार जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै देश निर्माणका लागि राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणासमेत राखे ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै खनालले सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका हुन्।
उनले सरकारलाई आफ्नो जिम्मेवारी पूरा गर्न र जनताका पक्षमा काम गर्न आग्रह गरे।
खनालले देश निर्माणका लागि नेपाल, भारत र चीनबीच त्रिपक्षीय सम्झौता गरेर राजसंस्था पुनःस्थापना गर्नुपर्ने धारणा पनि राखे।
त्यस्तै, उनले देशमा परिवर्तनका लागि वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आन्दोलनको नेतृत्व लिनुपर्ने बताए।




प्रतिक्रिया