एनपीएलको टिकट बिक्री आजबाट, कुनको मूल्य कति?


काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट दर तय गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले लिग चरणका खेलका लागि ५ सय र एक हजार मूल्य तय गरेको छ । साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार तोकेको हो । यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार कायम गरिएको छ ।

तेस्रो संस्करणको एनपीएलका लागि टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खुला हुने क्यानले जनाएको छ । एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुनेछ ।