रामेछाप । रामेछापको मन्थली नगरपालिका–१०, चनखुमा सम्पन्न अन्तरसाविक वडास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत `पाचौं वडाकप :२०८३´ को उपाधि लाङ्घाली सेवा समाजले जितेको छ।
प्रतियोगितामा कालिदेवी युवा समाज द्वितीय, इन्द्रावती जनजागरण युवा समाज तृतीय र ह्याङ्ला ह्युल सामुदायिक संस्था सान्त्वना भएका छन्।
विजेता लाङ्घाली सेवा समाजले ३० हजार रुपैयाँ, द्वितीय भएको कालिदेवी युवा समाजले २० हजार, तृतीय भएको इन्द्रावती जनजागरण युवा समाजले १० हजार र सान्त्वना भएको ह्याङ्ला ह्युल सामुदायिक संस्थाले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। प्रथम, द्वितीय र तृतीय हुने टिमलाई नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र तथा सान्त्वना हुने टिमलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा १० टिम सहभागी रहेको कार्यक्रम संयोजक कुलमान तामाङले जानकारी दिए । बडादसैँ तथा दीपावलीको अवसरमा आयोजित प्रतियोगिता वडाध्यक्ष गोपिलाल तामाङको अध्यक्षता र ९४ वर्षीय ज्येष्ठ नागरिक तिलकबहादुर थापा मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
प्रतियोगितामा विजयी टिम तथा खेलाडीलाई प्रमुख अतिथि, वडाध्यक्षलगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
प्रतियोगिता सफल बनाउन लाङ्घाली सेवा समाज र ह्याङ्ला ह्युल सामुदायिक संस्थाले सहयोग गरेका थिए।





प्रतिक्रिया