काठमाडौँ । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) को नियुक्तिविरुद्ध सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ ।
राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको आयोजनामा विरोध प्रदर्शन गरिएको हो ।
प्रदर्शनकारीहरूले आनी छोइङ डोल्माको नियुक्ति खारेज गर्न माग गरेका छन् । साथै, उनको नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्न पनि उनीहरूले माग गरेका छन् ।




प्रतिक्रिया