काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएर शपथ ग्रहण गर्न बाँकी तीन जनाले शपथ लिएका छन् ।
बुधबार अध्यक्ष केपी शर्मा ओलीले मनोनीत केन्द्रीय कमिटी सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् । शपथ लिनेहरुमा मोहम्मद इस्तियाक राई, डा.पुष्पा केसी भण्डारी र इन्दु कडरिया विष्ट रहेका छन् ।
उनीहरुलाई गत असोज पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकले मनोनीत गरेको थियो । मनोनीत अन्य केन्द्रीय कमिटी सदस्यले भने यसअघि नै शपथ लिइसकेका छन् ।




प्रतिक्रिया