काठमाडौँ, ११ कात्तिक । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढेर दुई हजार ६६४ दशमलव ०६ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर ४८१ दशमलव ७९ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर १८४ दशमलव ७३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर १६३ दशमलव ०९ मा पुगेको छ ।
विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार ५४८ कित्ता शेयर रु सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार ३६८ मूल्यमा खरिद बिक्री भएको छन् । तेह्र उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ । आज २४१ कम्पनीको शेयर बढ्यो भने ३५ कम्पनीको शेयर घट्यो । त्यसैगरी तीन कम्पनीको शेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।




प्रतिक्रिया