काठमाडौं । देशभित्र रोजगारीको पर्याप्त अवसर नहुँदा दसैँको समयमा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या बढेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा मात्रै ७३ हजार ७६५ जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन्।
वैदेशिक रोजगार विभागका अनुसार साउनमा ७० हजार ४४१ र भदौमा ६० हजार ४२ जना विदेशिएका थिए। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल २ लाख ४ हजार २४८ जना वैदेशिक रोजगारीमा गएका छन्।
असोजमा विदेशिनेमा ६३ हजार ८४२ पुरुष र ९ हजार ९२३ महिला छन्।
गन्तव्य मुलुकमध्ये संयुक्त अरब इमिरेट्स (यूएई) पहिलो स्थानमा छ। यूएईमा २३ हजार ८९९, कतारमा ११ हजार ४९७, मलेसियामा ९ हजार ६५३ र साउदी अरबमा ८ हजार ३६६ नेपाली रोजगारीका लागि पुगेका छन्।




प्रतिक्रिया