कसरी बचाएका थिए कर्णेलले देउवा दम्पतीलाई ?


काठमाडौँ । जेनजी आन्दोलनका क्रममा शीर्ष नेताहरूका निवासमाथि भएका आक्रामक पूर्व प्रधानमन्त्री देउवा दम्पतीमाथि भएको हमलाले मुलुकमा कानुन र मानवीय मर्यादा गुमेको झल्को दिएको थियो।

त्यतिबेला बूढानीलकण्ठस्थित देउवानिवासमा पुगेको उग्र भीडले निवासमा तोडफोड तथा आगजनी गर्दै देउवा दम्पतीमाथि नै ज्यानै लिने नियतले आक्रमण प्रयास गरेको थियो। करिब १० घण्टासम्म चलेको उक्त तनावपूर्ण स्थितिमा शिवपुरीस्थित नेपाली सेनाका कर्णेलले देखाएको उच्च संयम र विवेकका कारण ठूलो सम्भावित रक्तपात र मानवीय क्षति हुनबाट जोगिएको थियो। सुरक्षाकर्मीमाथि निरन्तर ढुङ्गामुढा प्रहार भइरहँदा पनि अत्यधिक बल प्रयोग नगरी जस्तापाताको आडमा देउवा दम्पतीको सुरक्षित उद्धार गर्न नेपाली सेना सफल भएको थियो।

देउवा दम्पतीमाथि साङ्घातिक आक्रमण गर्नु तथा सम्पत्ति ध्वस्त पार्नु अलोकतान्त्रिक कदम थियो । देशको पाँचपटक प्रधानमन्त्री भइसकेका देउवाको कामको मूल्यांकन समय, कानुन र जनताले गर्ने नै छन्। लोकतन्त्रमा अन्तिम निर्णय भीडको उन्मादले नभई इतिहासले गर्नेछ । तर त्यतिबेला मानवीय क्षति हुनबाट देउवा दम्पतीलाई बचाउने कर्णेलको कार्य प्रशंसनीय रहेको सरोकारवाला निकायहरुले बताएका छन् ।