काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले न्यायपालिकाप्रति आम नागरिकको दृष्टिकोण नकारात्मक हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ।
बारका सचिव रमणकुमार कर्णले बिहीबार जारी गरेको विज्ञप्तिमा संवैधानिक इजलास गठनमा देखिएको विवाद, न्यायिक काममा बाह्य प्रभाव र बिचौलियाको सक्रियताले न्यायपालिकाको संस्थागत विश्वसनीयता र जनआस्थामा ह्रास आएको उल्लेख गरेका छन्।
बारले सर्वोच्च अदालत तथा मातहतका अदालतमा लामो समयदेखि रिक्त न्यायाधीश पदपूर्ति हुन नसकेको र संवैधानिक इजलास नियमित सञ्चालन नभएकोप्रति पनि असन्तुष्टि जनाएको छ।
संवैधानिक इजलासमा गोला प्रणालीबाट चार जना न्यायाधीश छनोट गरी प्रधानन्यायाधीशसहितको इजलास गठन गर्न बारले माग गरेको छ। साथै प्रधानन्यायाधीश र न्यायाधीशबारे सार्वजनिक भएका समाचार तथा अभिव्यक्तिको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ।






प्रतिक्रिया