तीन महिनामा भित्रियो १ करोड ५७ लाख थानभन्दा बढी कण्डम,राज्यलाई जम्मा २ हजार मात्रै राजस्व


काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउन–असोज) मा नेपालमा १ करोड ५७ लाखभन्दा बढी थान कण्डम आयात भएको छ।

भन्सार विभागको तथ्यांकअनुसार उक्त अवधिमा ८ करोड ५ लाख ७९ हजार रुपैयाँ मूल्य बराबरका १ करोड ५७ लाख ११ हजार २०७ थान कण्डम आयात भएका हुन्।

विभागको विवरणअनुसार कण्डम आयातबाट राज्यले भने जम्मा २ हजार रुपैयाँ मात्र राजस्व प्राप्त गरेको छ।

सरकारले कण्डमलाई अत्यावश्यक स्वास्थ्य सामग्रीअन्तर्गत राखी भन्सार महसुल छुट वा विशेष सहुलियतको व्यवस्था गरेको छ।