काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिमले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।
वर्षाका कारण करिब चार घण्टा ढिलो सुरु हुन लागेको खेल ५–५ ओभरमा सीमित गरिएको छ। मैदान सुकाउन समय लागेपछि खेलको ओभर घटाइएको हो।
यसअघि मैदानको अवस्था र बाउन्ड्री छोटो बनाइएको विषयमा सुदूरपश्चिमले असहमति जनाउँदै खेल्न मानेको थिएन। दुवै पक्षबीच लामो छलफलपछि सुदूरपश्चिम खेल्न तयार भएको हो।




प्रतिक्रिया