मधेसी जनताहरुले मधेस विकासका लागि प्रधानमन्त्री बालेनलाई जिताएर पठाएको हाे: ऋषि धमला


१५ कात्तिक, काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियानका संयोजक ऋषि धमलाले मधेसको विकासका लागि मधेसी जनताहरुले प्रधानमन्त्री बालेन शाहलाई जिताएर पठाएको बताएका छन् । सर्लाहीमा आज इम्याक्ट इनीसियटिभ नेपालद्धारा आयोजित ‘सर्लाही युवा सम्मेलन’ लाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेनलाइ विकास, रोजगारी, सुशासन र भ्रष्टाचारीमाथि कारबाही गर्दै देशमा सुशासन कायम गर्ने विश्वाससहित जनताले जिताएर पठाएको बताएका हुन् ।

धमलाले देशको भूमिको रक्षा सबैभन्दा बढी मधेसको जनताले गरेकोसमेत दाबी गरे ।

धमलाले समग्र मधेसको विकास नभइन्जेल आफू मधेसकै भूमिमा उभिने संकल्पसमेत गरे । ‘मधेसको युवाहरु सक्षम भइसके ,पढेलेखेका छन् । त्यसैले आज म यो मधेसको माटोलाई छोएर भन्न चाहन्छु जबसम्म मधेसको विकास हुँदैन ऋषि धमला यही उभिएर बस्नेछ,’ उनले भने ।

आफू मधेस झर्नुमा कुनै स्वार्थ नरहेको उनले स्पष्ट पारे । ‘म त्यसै मधेस झरेको होइन । मधेस झर्नुमा मेरो कुनै स्वार्थ छैन,’ उनले भने,‘मेरो एउटै मात्रै स्वार्थ छ , मधेस बनाउनुपर्छ र मधेसमा स्वास्थ्य र शिक्षा नि:शुल्क गर्नुपर्छ । मधेसका युवाहरुलाई रोजगारी दिनुपर्छ ।’

मधेसमा कृषि क्रान्तिको लागि सबै युवाहरु एक हुनुपर्नेमा उनकाे जोड छ । ‘किसानहरुलाई मल दिनुपर्छ, विउ दिनुपर्छ र सिँचाइ गर्नुपर्छ,’ उनले थप्दै भने ‘किसानहरुलाई सहुलियतमा ऋण दिनुपर्छ ।’

त्यस्तै , देशमा भएका सबै क्रान्ति र आन्दोलनको नेतृत्व मधेसले नै गरेको उनको भनाइ छ ।