सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु


काठमाडौं, १७ कात्तिक । सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक विदेशी नागरिकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको हो। घटनामा एक जना घाइते भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार फिस्टेल एयर र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेका हुन्। अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा एकआपसमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका छन्।

घटनाबारे थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।