परराष्ट्रमन्त्री खनालसँग अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख बोल्डिनद्वारा  शिष्टाचार भेट


काठमाडौँ । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

उनीहरुबीच आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको थियो।

भेटका क्रममा दुई देशबिचको सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा कुराकानी भएको बताइएको छ ।