काठमाडौँ । विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ५० जना पक्राउ परेका छन् ।
धनकुटा, कैलाली, ओखलढुंगा, ललितपुर र रुपन्देहीबाट उनीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षदे जनाएको छ ।
धनकुटाबाट ९ जना, कैलालीबाट १४ जना, ओखलढुंगाबाट ७ जना, ललितपुरबाट १० जना र रुपन्देहीबाट १० जना पक्राउ परेका छन् ।
प्रहरीले उनीहरूको साथबाट कुल ४ लाख ४२ हजार ८०० रुपैयाँ नगद र ९ बुक तास बरामद गरेको छ ।
उनीहरूलाई घर, होटल, किराना पसल तथा कवाडी कारखानामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया