काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिको अवस्था निकै कमजोर रहेको बताएका छन् । उनले यस वर्ष ७ देखि ८ अर्ब रुपैयाँ अनुदान जुटाउनसमेत कठिन देखिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण लिनुको विकल्प नरहेको बताएका हुन् ।
रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारका सम्बन्धमा गठित संसदीय विशेष समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले वैदेशिक अनुदानमा आएको गिरावटप्रति चिन्ता व्यक्त गरे ।
‘हामीले एक दिनमा उठाउने राजस्व पनि विदेशीले वर्षभरि दिने अनुदानभन्दा कम हुन थालिसक्यो, अब सहुलियतपूर्ण ऋणको विकल्प छैन,’ उनले भने ।
सरकारले चालु आर्थिक वर्षका लागि ६१ अर्ब ७४ करोड रुपैयाँ बराबरको वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरेको थियो । तर, बजेट सार्वजनिक भएको पाँच महिनापछि अर्थमन्त्री वाग्लेले उक्त अनुमानको करिब १० प्रतिशत हाराहारीमा मात्रै अनुदान प्राप्त हुने प्रक्षेपण गरेका छन् ।




प्रतिक्रिया