काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई पक्राउ गर्न नसकिने बताएका छन् ।
शुक्रबार नेकपाको केन्द्रीय अनुगमन तथा मूल्यांकन विभागको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले थापालाई सरकारले पक्राउ गर्न लागेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले भने, ‘सरकार संविधान, लोकतन्त्र, गणतन्त्रका मूल्य, मान्यता र मर्मभन्दा बाहिर जान खोजिराखेको छ। यो निकै चिन्ताको विषय छ देश र जनताको लागि पनि। गगनजीको कुरा गर्नुभयो, उहाँलाई पक्रिन कसैले सक्दैन।’
उनले वर्तमान सरकार लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मभन्दा बाहिर जान खोजेको भन्दै चिन्ता व्यक्त गरे ।




प्रतिक्रिया