दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा


काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएकाे छ। आइतबार बिहान ८ः५५ बजेबाट सुरु भएको आगलागी दमकलको सहायताले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार आगो नियन्त्रणमा लिन लाउन्जका केही संरचनासमेत भत्काउनुपरेको थियो।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। यद्यपि, आगलागीका कारण भएको भौतिक क्षतिको विवरण संकलन तथा मूल्यांकन गर्ने काम भइरहेको छ।

आगलागीको यकिन कारण भने खुल्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार विद्युत् सर्ट भएर आगो लागेको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।