यस्तो छ आगामी पाँच दिनको मौसम पूर्वानुमान


काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई, उपत्यका र खोँचका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ८ बजे अद्यावधिक गरेको मौसम बुलेटिनमा उक्त जानकारी दिएको हो।

महाशाखाका अनुसार हाल देशका विभिन्न भूभागमा मौसममा आंशिक परिवर्तन देखिएको छ।

यस्तो छ पाँच दिनसम्मको मौसम प्रक्षेपण :

२०८३ कार्तिक २३ गते (सोमबार)

दिउँसोः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

रातिः देशका हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

२०८३ कार्तिक २४ गते (मंगलबार)

दिउँसोः देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

रातिः देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। 

२०८३ कार्तिक २५ गते (बुधबार)

दिउँसोः कोसी, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

रातिः देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। 

२०८३ कार्तिक २६ गते (बिहीबार)

देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ। 

२०८३ कार्तिक २७ गते (शुक्रबार)

देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी साथै लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचमा बिहानीपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।