वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ ।
गएराति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी गरेको प्रहरीले जनाएको छ ।
आज बिहान कार्यालयमा कार्यरत कर्मचारीले मुख्य गेट खोलेर भित्र प्रवेश गर्दा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
आगजनीबाट महत्त्वपूर्ण कागजपत्र, शाखामा रहेका कुर्सी, टेबललगायत फर्निचर, एसी र कम्प्युटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।




प्रतिक्रिया