काठमाडौं । गायक दत्तप्रसाद चौलागाईं र कल्पना मल्लको स्वरमा सजिएको नयाँ गीत ‘रातो रिबनको’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। अर्जुन चौधरीको निर्देशनमा तयार भएको उक्त भिडियो सनिबार सार्वजनिक गरिएको हो।
गीतमा सञ्जिला सुमित्राको शब्द तथा दत्तप्रसाद चौलागाईंको संगीत रहेको छ। केशव बडूले गीतको संगीत संयोजन गरेका छन् भने खगेन्द्र मल्लले स्वर रेकर्डिङ गरेका हुन्। गीत प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा चौलागाईं आफैँ र माेडल यमुना न्यौपानेले अभिनय गरेका छन्।
त्यस्तै, भिडियोको छायांकन तथा सम्पादन महेश कुमारले गरेका हुन्।




प्रतिक्रिया