काठमाडौँ, ३० कात्तिक । सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले सहिदहरूको त्याग, बलिदान र योगदानको स्मरण गर्दै सहिदहरूले देखेका समानता, सामाजिक न्याय, अधिकार र सम्मानसहितको समाज निर्माणको सङ्कल्पलाई आत्मसात् गर्नुपर्ने बताए ।
आज बिहान सभामुख अर्याल छठ पर्वको अन्तिम दिन कलैयास्थित रामजानकी छठघाटमा पुगेर उदाउँदो सूर्यलाई अघ्र्य अर्पण तथा छठी माताको पूजा–आराधनामा सहभागी पनि भएको उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया