सरकार नसच्चिए सदनदेखि सडकसम्म आन्दोलन गर्छौं : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जनभावना र जनताको अपेक्षाअनुसार काम नगरे सदनदेखि सडकसम्म पआन्दोलन गर्ने  चेतावनी दिएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै बस्नेतले सरकारलाई सच्याएर सही बाटोमा हिँडाउन आफूहरू प्रयत्नशील रहने बताए । सरकारले सुधारको बाटो नसमाते जनताले सरकारको विकल्प खोज्ने उनको भनाइ छ ।

उनले भने, ‘उहाँहरू जनभावनाअनुसार अगाडि बढ्नुभएन भने सदनदेखि सडकदेखि न्यायालयसम्म यी सबै निकायमा हामी प्रभावकारी ढङ्गले उपस्थित हुन्छौँ । वर्तमान सरकारलाई सच्याउने, सुधारेर ठीक बाटोमा हिँडाउने हाम्रो प्रयास हुन्छ । यदि सरकार सच्चिने र सुदृढ भएर ठीक बाटोमा हिँड्ने प्रयत्नमा लागेन भने सरकारको विकल्पका रूपमा जनताले अरू खालका उपाय पनि अपनाउँछन् ।’

बस्नेतले गत भदौ २०८२ ,२३ र २४ गतेको आन्दोलन हिंसात्मक र घातक बन्नुमा तत्कालीन गृहमन्त्री सुदन गुरुङलगायतको भूमिका रहेको आरोप लगाए ।

आफूहरू आन्दोलनलाई हिंसात्मक हुन नदिने विषयमा सचेत रहेको उल्लेख गर्दै उनले सरकार पनि जिम्मेवार बन्नुपर्ने बताए ।