स्थानीय तहकाे निर्वाचनमा एमाले पहिलाे र रास्वपा चाैथाे बन्छ : महेश बस्नेत


काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी स्थानीय तहकाे निर्वाचनमा एमाले पहिलाे पार्टी बन्ने दाबी गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा बोल्दै उनले एमालेले विभिन्न काेणबाट आन्तरिक सर्वेक्षण गरिरहेकाे उल्लेख गर्दै आगामी स्थानीय तहकाे निर्वाचनमा पहिलाे पार्टी बन्ने अनुमान गरिएकाे बताए ।

‘आगामी स्थानीय निर्वाचनमा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, नेकपा तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहने अनुमान छ,’उनले भने ।