विराटनगर । विराटनगर महानगरपालिकाका १९ वटै वडाको भूउपयोग क्षेत्र वर्गीकरण पूरा भएसँगै जग्गाको कित्ताकाट खुला भएको छ । महानगरपालिकाले वर्गीकरणको अन्तिम प्रतिवेदन र आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटको प्रक्रिया अघि बढाउन बाटो खुलेको हो ।
महानगरपालिकाले गत कात्तिक २७ गते नापी कार्यालयलाई पत्र पठाउँदै भूउपयोग क्षेत्र वर्गीकरणको विवरण कार्यान्वयन गर्न अनुरोध गरेको थियो । कित्ताकाट खुला भएसँगै जग्गा किनबेच, अंशबन्डा र जग्गा विभाजनलगायतका काम सहज हुने तथा घरजग्गा कारोबार चलायमान हुने अपेक्षा गरिएको छ ।
यसैबीच महानगरले आगामी एक महिनाभित्र भू–सेवा सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगर प्रमुख नागेश कोइरालाका अनुसार भू–सेवा सञ्चालन भएपछि जग्गासम्बन्धी प्रशासनिक काम छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ ।




प्रतिक्रिया