काठमाडौं । गृहमन्त्री सुधन गुरुङकाे आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् ।
भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बोगटीलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।
केही दिनअघि बोगटीले गृहमन्त्री गुरुङकी आमा भएको दाबी गर्ने एक महिलाको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उक्त भिडियो सार्वजनिक गरेपछि उनी प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।
प्रहरीले बोगटीलाई नियन्त्रणमा लिएर सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।




प्रतिक्रिया