२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा आफ्नो पार्टी पुनः सरकारको नेतृत्वमा पुग्ने दाबी गरेका छन् ।
काठमाडौंमा मंगलबारदेखि सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले एमाले जनताको समर्थन र संघर्षबाट सरकारमा पुगेको भन्दै कसैको कृपा वा आशीर्वादमा सत्ता सञ्चालन नगरेको जिकिर गरे ।
‘संघर्षको मैदानबाट आएर लडेर जितेर कसैको कृपाले हामी सरकारमा गएका थिएनौँ । जनताको कृपाले गएका हौँ,’ उनले भने, ‘अरू कुनै प्रतिक्रियावादी शक्ति, जनविरोधी शक्ति र देशद्रोही शक्तिको कृपा तथा आशीर्वादमा नेकपा एमाले सरकारमा गएको होइन ।’
ओलीले एमाले फेरि सरकारमा फर्किने दाबी गर्दै विपक्षीहरूलाई आफ्नो भनाइ स्पष्टसँग सुन्न चुनौतीसमेत दिए ।
‘फेरि नेकपा एमाले सरकारमा जान्छ । कान खोलेर सुने हुन्छ । देश बनाउँछ नेकपा एमालेले,’ उनले भने ।




प्रतिक्रिया