मकवानपुर । मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना भएकाे छ। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
बिहीबार बिहान ८ः३० बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो ।
सुमोमा चालकसहित १० जना सवार रहेकोमा तीन जनाको मृत्यु भएको र सात जना घाइते भएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
दुर्घटनामा घाइते भएका तथा मृत्यु भएका व्यक्तिलाई उद्धार गरी हेटौँडा अस्पताल पुर्याइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।




प्रतिक्रिया