काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष जेनजी आन्दोलनका क्रममा राष्ट्रपति भवनको सुरक्षा गर्न नसकेको विषयमा नेपाली सेनाले जवाफ दिनुपर्ने बताएका छन् ।
बिहीबार एमाले राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरू रहस्यपूर्ण रहेको उल्लेख गर्दै नेपाली सेनाको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका हुन् ।
आन्दोलनका नाममा राष्ट्रका ऐतिहासिक संरचनाहरू जलाइए पनि त्यसबारे पर्याप्त छानबिन नभएको उनको भनाइ थियो । नेपालको राजनीतिक इतिहासमा यसअघि यस्तो निर्बाध रूपमा अपराधका घटना हुन नपाएको उनले बताए ।
‘२३ गते त्यत्रा मान्छे कसले मार्यो ?’ प्रश्न गर्दै ओलीले त्यसको अपजस आफूहरूमाथि थोपरेर भोलिपल्ट आगजनी गर्न स्कुले विद्यार्थीलाई झोला बोकाएर ल्याइएको आरोप लगाए ।
भदौ २४ गतेको घटनालाई स्मरण गर्दै ओलीले राष्ट्रपति निवासको सुरक्षामाथि पनि प्रश्न उठाए ।
‘राष्ट्रपति निवासको बाहिर जलाऊ, भित्र त राष्ट्रपति बस्नुपर्छ, कहाँ जलाउन पाइन्छ भनेको देखियो,’ ओलीले भने, ‘राष्ट्रपति निवासको सुरक्षा नहुने ? भैरवनाथ गणमा राष्ट्रपति थुनेर सुरक्षा हुन्छ ?’




प्रतिक्रिया