जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ


काठमाडौँ, ३ मङ्सिर । जुवातास खेलिरहेको अवस्थामा काठमाडौँ कलङ्की बस्ने धादिङ घर भएका ४० वर्षीय अर्जुन ढुङ्गानासहित आठ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट उनीहरूलाई नगद ६१ हजार ३१० रूपैयाँ र पाँच बुक ताससहित पक्राउ गरिएको हो ।

मोरङ, बेलबारी नगरपालिका–११ नलबारीस्थित बाँसघारीमा जुवा (कौडा) खेलिरहेको अवस्थामा कानेपोखरी गाउँपालिका–२ बस्ने ५१ वर्षीय खमानसिङ लिम्बु चार जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार ८२५ रूपैयाँ र ११ थान कौडासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।