प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे भोलि औपचारिक घोषणा हुने


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणबारे सरकारले शुक्रबार औपचारिक जानकारी दिने भएको छ । परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत भ्रमणको मिति र कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन मंसिर ६ गते भारत जाने र ७ गते स्वदेश फर्किने कार्यक्रम छ । यसबारे आज मन्त्रिपरिषद् बैठक बसेर निर्णय गर्ने सम्भावना छ ।

भ्रमणका क्रममा भारतीय राष्ट्रपति र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय उद्योगपतिहरूसँग छलफल गर्ने तयारी छ ।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनालसहित सरकारी तथा निजी क्षेत्रका करिब २४ जना सहभागी हुने बताइएको छ । छोटो भ्रमणका क्रममा प्रधानमन्त्री बालेन दिल्लीबाहिर नजाने र मोदीसँगको भेटपछि नेपाल फर्किने तयारी छ ।