काठमाडौँ । देशभर आजको मौसम मुख्यतया सफा रहने भएको छ। कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेकाले देशका अधिकांश स्थानमा वर्षा तथा हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ। साथै देशका हिमाली क्षेत्रमा पनि आंशिक बदली रहने पूर्वानुमान छ।
त्यसैगरी कोसी प्रदेशको तराई क्षेत्र तथा मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले रातिको मौसम पूर्वानुमान गर्दै कोसी प्रदेशको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभाग तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने जनाएको छ।
यसैबीच तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हल्का हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।




प्रतिक्रिया