एनपीएलको तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सलाई


काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सलाई पराजित गर्दै सुदूरपश्चिमले पहिलो पटक एनपीएलको उपाधि उचालेको हो।

लगातार तेस्रो पटक फाइनलमा पुगेको सुदूरपश्चिमले यसपटक उपाधि जित्दै अघिल्ला दुई संस्करणको निराशालाई अन्त्य गरेको छ।