काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा सहभागी हुन नेपाल निर्माण व्यवसायी महासंघको टोली भारत प्रस्थान गरेको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेको नेतृत्वमा रहेको टोली आइतबार भारत प्रस्थान गरेको हो।
प्रधानमन्त्री शाहको आजदेखि सुरु हुने दुईदिने भारत भ्रमणमा निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीसमेत सहभागी हुँदैछन्।
प्रधानमन्त्रीको भ्रमणका क्रममा नेपाल–भारतबीचको आर्थिक तथा व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया