नयाँदिल्ली । वरिष्ठ पत्रकार ऋषि धमला र भारतीय राज्यमन्त्री जितिन प्रसादबीच संक्षिप्त भेटवार्ता भएको छ ।
भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । त्यस क्रममा धमला र राज्यमन्त्री जितिनबीच संक्षिप्त कुराकानी भएको हो ।
कुराकानीका क्रममा राज्यमन्त्री प्रसादले नेपालका प्रधानमन्त्री शाहको यो उच्चस्तरीय राजकीय भ्रमण पूर्ण रूपमा सफल र फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।
दुई दिने राजकीय भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रम बालेनले भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसहित उच्च नेतृत्वसँग द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा महत्वपूर्ण भेटवार्ता गर्ने कार्यक्रम छ ।




प्रतिक्रिया