दाङ । नेपाली कांग्रेस (देउवा पक्ष) को १५औं महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेश सभापतिमा प्यूठानका सरोज थापा (रोज राणा) सर्वसम्मत चयन भएका छन्। दाङको भालुबाङमा सम्पन्न प्रदेश अधिवेशनबाट अबेर राति उनको नेतृत्वमा प्रदेश कार्यसमिति गठन गर्ने सर्वसम्मत निर्णय भएको हो।
चलचित्र क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका थापा सभापति शेरबहादुर देउवासँगको निकट सम्बन्धकै कारण कांग्रेसको सक्रिय राजनीतिमा जोडिएका थिए। गत प्रदेश सभा निर्वाचनमा प्यूठान (ख) बाट निर्वाचित उनी लुम्बिनी प्रदेश सरकारमा दुईपटक मन्त्रीसमेत बनिसकेका छन्।





प्रतिक्रिया