दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताएका छन्। तर, उक्त सहमति कार्यान्वयन हुनेमा उनले आशङ्का व्यक्त गरेका छन्।
प्रेस चौतारी नेपाल दाङले मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पोखरेलले विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भए पनि कार्यान्वयन हुन नसकेको स्मरण गरे।
उनले भने, ‘एयर रुटको सहमति सकारात्मक भएको छ। तर कार्यान्वयन प्रमुख कुरा हो। पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन।’
पोखरेलले प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा तथा ऐतिहासिक सन्धिका विषय उठाउने अपेक्षा गरेको बताए।
काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राख्ने प्रधानमन्त्रीले भारतसँगको वार्तामा सीमा र सुगौली सन्धिपछिका विषय उठाउनुपर्ने आफ्नो अपेक्षा रहेको उनको भनाइ थियो।
‘कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो। तर त्यो छलफलको विषय नै बनेन,’ पोखरेलले भने।




प्रतिक्रिया