कांग्रेसको आधिकारिकता उल्टिने चर्चा संसद् पुनर्स्थापनाको हल्लाजस्तै : थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतबाट पार्टीको आधिकारिकता र महाधिवेशनबाट निर्वाचित नेतृत्व उल्टिने भन्ने चर्चा संसद् पुनर्स्थापना हुने हल्लाजस्तै भएको टिप्पणी गरेका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले महाधिवेशनबाट आएको नेतृत्व परिवर्तन हुने सम्भावनाको चर्चा अस्वीकार गरेका हुन् ।

उनले संसद् पुनर्स्थापना हुन्छ भन्ने मान्यता राख्नेले मात्रै महाधिवेशनबाट निर्वाचित कांग्रेसको नेतृत्व उल्टिन्छ भन्ने कुरा पत्याउन सक्ने बताए ।