९ मंसिर, काठमाडौं । महेश श्रेष्ठलाई थुनामुक्त गर्नु पर्ने माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट परेको छ । बिचौलिया इनम सापकोटासँग कनेक्सन देखिएको आरोपमा उनलाई २८ कात्तिकमा कीर्तिपुरको पाँगा क्षेत्रबाट पक्राउ गरेको थियो ।
श्रेष्ठकी पत्नी यसुदा श्रेष्ठ थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ न्यायाधीश नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
अदालतमा सेटिङको काम गर्ने गरेको आरोपमा पक्राउ परेका सापकोटासँग श्रेष्ठको कनेक्सन देखिएको र केही आर्थिक कारोबार समेत भएपछि उनी पनि अनुसन्धानमा तानिएका थिए ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।




प्रतिक्रिया