९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा लामो समयपछि राजनीतिक कार्यक्रममा देखिएकी छन्।
जेनजी आन्दोलनपछि सार्वजनिक राजनीतिक कार्यक्रममा नदेखिएकी राणा बुधबार हङकङमा आयोजित देउवा समूहको जनसम्पर्क समिति अधिवेशनमा सहभागी भएकी हुन्।
उनी चुनावअघि भारत हुँदै सिंगापुर पुगेकी थिइन्। स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका देउवा दम्पती गत चैतमा हङकङ गएका थिए। देउवा २८ साउनमा स्वदेश फर्किए पनि राणा भने हङकङमै छिन् ।




प्रतिक्रिया