बारा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै बन्ने बताएका छन् । आज सिमरामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावित क्षेत्रमा बसोबास गर्नेहरूलाई अन्यायमा नपर्ने गरी व्यवस्थापन गर्ने बताएका हुन् ।
‘निजगढ विमानस्थल बन्छ त्यहाँ भएका प्रभावित जनता अन्यायमा नपर्ने गरी पुनः स्थापना हुन्छ’ मन्त्री पौडेलले भने ।
यता, सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा गरिरहँदा सो क्षेत्रको चार किल्लाभित्र बसोबास गर्ने टाँगिया बस्तीका नागरिकलाई भने स्थानीय जनप्रतिनिधिले पुर्जा वितरणका लागि जिल्ला स्थित भूमि आयोगमा सिफारिस पठाएका छन् ।
राष्ट्रिय गौरवको आयोजना कोर वन क्षेत्र भित्रको बस्तीलाई बसोबासकै आधारमा अव्यवस्थित बसोबासीका नाममा पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइएको हो । पर्यटन मन्त्री पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि बजेटको सुनिश्चितता नभएकोले केही ढिला हुन गएको बताएका छन् ।




प्रतिक्रिया